दफा १६
समितिको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध
: समितिको कुनै सञ्चालकले वा महाप्रबन्धकले समितिसंग हुने कुनै ठेक्का पट्टामा हिस्सेदार हुन सक्ने छैन ।
तर समितिले लिए दिएको वा लिने दिने प्रस्ताव गरेको कुनै ठेक्का पट्टामा वा समितिको कुनै सहायक अङ्गले लिई दिई वा लिने दिने प्रस्ताव गरी बोर्डको विचारार्थ पेश हुन आएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट सरोकार भएको कुरा आफूलाई थाहा हुनासाथ प्रत्येक सञ्चालक वा महाप्रबन्धकले सो कुरा यथाशीघ्र बोर्डको सभामा पेश गर्नु पर्दछ । सो पेश भएको कुरा माइन्यूट किताबमा जनाइनेछ र सरोकारवाला सञ्चालकले सो ठेक्का पट्टाबारे बोर्डमा हुने कुनै विचार विमर्श वा निर्णयमा भाग लिन पाउने छैन ।